झापाको मोबाइल पसलमा चोरी गर्ने भारतीय नागरिक पक्राउ

झापाको मोबाइल पसलमा चोरी गर्ने भारतीय नागरिक पक्राउ

झापा, कार्तिक १३ गते ।

झापाको गौरीगंज गाउँपालिका-३ स्थित मोबाइल पसलमा चोरी गरी फरार रहेका एक जना भारतीय नागरिकलाई सोमवार पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उतर दिनाजपुर जिल्ला ईस्लामपुर ग्राम पञ्चायत थाना बस्ने बर्ष २० को कृष्ण रोयलाई चोरीको सामान सहित पक्राउ गरिएको छ ।

रोयले सोमबार राती गौरीगंज गाउँपालिका-३ स्थित राम प्रसाद रौनियारको घरमा भाडा लिई मोवाइल पसल गर्दै आईरहेका वर्ष ३० को गुरु प्रसाद ताजपुरियाको लक्ष्मी मोवाइल सेन्टरमा घरको पछाडिको बेरामा प्वाल पारि टिनको ढोका काटेर पसलमा भएको साधारण मोवाइल-५५ थान, एन्ड्रोइड मोबाइल-२५ थान, ल्यापटप-२ थान, मोबाइलको ब्याट्री-४० थान, बिग्रेको मोबाइल-५ थान, वाइफाइको राउटर-१ थान र नगद ३५ हजार सहित अन्दाजी ४ लाख मूल्य बराबरको सामान चोरी गरी फरार भएका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दमक नगरपालिका-७ बाट निजलाई चोरी भएको सामान सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सोही कार्यालयमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्