मोरङमा विकास खर्चको अवस्था निराशाजनक,१० प्रतिशत मात्र खर्च

<span class='c1'>मोरङमा विकास खर्चको अवस्था</span> <span class='c2'>निराशाजनक,१० प्रतिशत मात्र खर्च</span>

विराटनगर कात्तिक १३। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मोरङमा विकास खर्चको अवस्था निराशाजनक रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार केन्द्र सरकार अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास खर्च अत्यन्तै न्युन रहेको छ । ती कार्यालयले कुल बजेटको १० दशमलव ५४ प्रतिशतमात्र खर्च गरेका छन् । त्यो पनि अधिकांश साधारणतर्फकै रहेको छ ।

मोरङ जिल्लाका सरकारी कार्यालयको तीन महिनाको खर्च रकम १३ करोड ९१ लाख १७ हजार ३ सय ३६ रुपैयाँ रहेको छ । लेखा नियन्त्रक योगेन्द्र पौडेलका अनुसार जिल्लामा सबैभन्दा वढी विकास बजेट हुने कार्यालयको खर्च पनि निराशाजनक रहेको छ ।

जिल्लामा सबैभन्दा वढी विकास बजेट खर्च गर्ने संघीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाको अवधिमा ५ करोड २६ लाख ९९ हजार ६३ रुपैया खर्च गरेको छ । उसको कुल पुँजीगत बजेट भने ७६ करोड ४६ लाख ९ हजार रहेको छ ।

सडक डिभिजन कार्यालयको पूँजीगततर्फ ११ करोड बाषिर्क बजेट रहेकोमा ५ करोड ७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

कोष नियन्त्रक पौडेलका अनुसार यी कार्यालय विगत वर्षमा जिल्लामा सबैभन्दा वढी बजेट खर्च गर्ने कार्यालयको सूचीमा पर्छन् । तर यो बर्ष प्रदेश अन्तर्गत धेरै कार्यालयहरु स्थापना भएकाले यी कार्यालयको पूँजीगत तर्फको बाषिर्क बजेट समेत कटौती भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष ०७४/०७५ को आर्थिक बर्षको पहिलो तीन महिनामा ती कार्यालयहरुले पूँजीगततर्फको खर्च ३ दशमलव ७५ प्रतिशत मात्र भएको थियो ।

यता प्रदेश नं १ सरकारको चालु आर्थिक वर्षको पहिलो तीन महिना सकिँदा विकास खर्च नै गर्न सकेको छैन । प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ को लागि पूँजीगततर्फ १८ अर्ब ७७ करोड ७४ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

विकास वजेट शीर्षकमा विनियोजन गरिएको कत्ति पनि रकम भुक्तानी नभएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्