सुनसरीमा सरकारी निकायको अनुगमन औपचारिकतामा सीमित

सुनसरीमा सरकारी निकायको अनुगमन औपचारिकतामा सीमित

धरानका राकेश राईले भने, ‘धरानमा अनुगमन गरेर अनियमितता तथा उपभोक्ता ठगी गर्ने कुनै व्यापारीलाई कारबाही गरेको पाइँदैन ।’ दशैंअघि स्थानीय सरकारले धरानमा छड्के अनुगमन गरेको थियो, तर त्यसलाई निरन्तरता दिन नसक्दा म्याद गुज्रेको तथा प्रतिबन्धित सामग्रीहरू विक्रीवितरण हुँदै आएको छ ।

मौसमीरूपमा गरिने अनुगमनले त्यस्तो गतिविधिमा कमी नआएको उपभोक्ताको गुनासो छ । साथै, अनुगमनका क्रममा दोषी देखिएका व्यवसायीलाई कारबाही नभएको आलोचना हुने गरेको छ । धरान उपमहानगरपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति बनाएको छ । आलोचना बढ्दै गएपछि दशैंअघि १ हप्तामै दुईपटक अनुगमन भएको थियो । त्यसपछि भने समितिले अनुगमन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्