विराटनगरबाट मन्त्री घिमिरेले शुरुगरे,’भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान’

<span class='c1'>विराटनगरबाट मन्त्री घिमिरेले शुरुगरे,’भिटामिन ए क्याप्सुल</span> <span class='c2'>र जुकाको औषधि खुवाउने अभियान’</span>

विराटनगर, १४ कात्तिक ।
भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान विहानै देखि शुरु भएको छ । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक कार्यक्रमको बिच विराटनगर महानगरपालिकाकी डेढ बर्षकी बालिका सदिक्षा पन्थीलाई जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाएर शुभारम्भ गरेका हुन । हनुमान मन्दीर केन्द्रबाट जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाउँदै मन्त्री घिमिरेले प्रदेश सरकारले पहिलो पटक अभियानको रुपमा यो कार्यक्रम बालबालिका लक्षित गरिएको जानकारी दिए ।
उनले बालबालिकाको लागि नभई नहुने जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाउने अभियानमा ६ महिना देखि ५ बर्ष सम्मका सबै बालबालिकालाई नछुटाउन आग्रह गरे । सबै स्वास्थ्य संस्था, खोप केन्द्रहरुमा १४ र १५ गते प्रदेश भरी नै जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाईने कार्यक्रम अनुसार १४ वटै जिल्लामा अभियानको रुपमा कार्यक्रम भईरहेको एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्