प्रदेश १ मन्त्री परिषद बैठक : योजना आयोगको उपाध्यक्षमा ईन्सेक अध्यक्ष प्याकुरेल नियुक्त

प्रदेश १ मन्त्री परिषद बैठक : योजना आयोगको उपाध्यक्षमा ईन्सेक अध्यक्ष प्याकुरेल नियुक्त

विराटनगर, १४ कात्तिक । प्रदेश १ मन्त्री परिषदको बैठकले योजना आयोग गठन गरेको छ । मुख्यमन्त्री अध्यक्ष रहने गरी एक नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेललाई नियुक्त गरिएको छ। त्यस्तै अन्य २ जना सदस्य पनि मन्त्री परिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । जसमा मिना भण्डारी, पुर्ण लक्सम रहेका छन् । ५ सदस्य प्रदेश योजना आयोग बन्ने ब्यवस्था अनुसार एक नम्बर प्रदेश योजना आयोगमा ३ जनालाई नियूक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । योजना तर्जुमा गर्ने काममा प्रदेश सरकारलाई सहयोग गर्नेगरी योजना आयोगले प्रदेशको योजना बनाउने छ । लामो समय पछि बसेको मन्त्री परिषदको बैठकले प्रदेश नम्बर १ को खर्चको मापदण्ड कार्यबिधि र मितब्ययिता निर्देशिका २०७५ लाई स्वीकृत गरेको छ । भने प्रदेशको आर्थिक कार्यबिधि नियमावली २०७५ लाई पनि स्वीकृत गरेको छ । एने बनेको लामो समय हुँदा नियमावली नआउँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो हुँदै आएपछि नियमावली स्वीकृती प्रदान गरेको हो । सुनसरीको कोशी गाउँपालिकामा प्रदेश सरकारले शुरु भएको रिफ्रेसमेन्ट सेन्टरलाई नितिगत रुपमा नै अगाडी बढाउने भएको छ । कोशी गाउँपालिकाको कोशी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टरको नितिगत निर्णय र सरचनात्मक संरचना तयार गर्न मन्त्री परिषदले स्वीकृत प्रदान गरेको हो ।

त्यस्तै मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने फिदिम र तेह्रथुम जिल्लाका २ वटा नयाँ सहरहरु बनाउनको लागि स्वीकृती सम्बन्धि निर्णय गरेको छ । संघिय सरकारले हस्तान्तरण गरेको २ वटा योजनाहरु सहित १७ करोड रकम संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यो नयाँ सहर बसाउने आयोजना प्रदेश सरकारले स्वीकृती प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए । प्रदेश भित्र रहेका सबै कार्यालयहरुको भौतिक सम्पतीहरुको स्वामित्व प्रदेश सरकार अन्तरगत ल्याउनको लागि प्रदेशका प्रमुख सचिवलाई जिम्मेवारी दिईएको छ ।

संघीय सरकारले बिभिन्न समयमा प्रदेश सरकारलाई संरचना तथा गाडी घोडा हस्तान्तरण गरेको भएपनि ति सबै प्रदेश सरकार माताहतमा नआएकोले त्यसको लगत तथा सबै कार्यालयको सम्पती तथा गाडी घोडा प्रदेश सरकारको माताहतमा नआएको कारण त्यसलाई प्रदेश सरकार माताहतमा ल्याउनको लागि प्रखुम सचिवलाई यसको जिम्मेवारी दिईएको हो । संबिधानसँग मेल नखाने शब्दहरु कोशी अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल, मेची आयुर्वेदिक अस्पताल, कोशी–मेची यातायात कार्यालय लगायतको अहिलेको अबस्थामा मेल नखाने नामहरु परिमार्जनको लागि के नाम राख्दा उपयुक्त हुन्छ भन्नको लागि १५ दिन भित्र त्यसको संबिधान सम्मत नाम सुहाँउदो बनाउने बारेको जिम्मेवारी पनि प्रमुख सचिवलाई नै दिईएको छ । कोशी चिकित्सा विज्ञान प्रतिष्ठान बिधेयक २०७५ को मस्यौदा बनाउनको लागि शैद्धान्तिक सहमती मन्त्री परिषदको बैठकले दिएको छ । प्रदेश स्वयम सेवक परिचालन कार्यबिधि २०७५ को मस्यौदालाई स्वीकृत प्रदान गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ । पहिला संघीय सरकारले योजना आयोग अन्तरगत रहने गरी स्वयम सेवक परिचालन गर्ने ब्यवस्था गरेको थियो। अहिले त्यो ब्यवस्था सहित यस क्षेत्रमा आबस्यक पर्ने स्वयम सेवक संघीय सरकारले हस्तान्तरण गरेपछि प्रदेश सरकारले सो बिधेयक स्वीकृत गरेको हो । संघीय सरकारमा २ बर्षको लागि नियुक्ती गरेका, तलव भत्ता तथा सुबिधा दिएका ब्यक्तिहरु जसले केही न केही सुबिधा लिएका ब्यक्तिहरुको ब्यवस्थापन गर्नको लागि प्रदेश स्वयम सेवक परिचालन कार्यबिधि २०७५ को मस्यौदालाई स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिए । भौतिक पुर्बाधार मन्त्रालय अन्तरगतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना प्रदेश सरकार माताहतमा ल्याईएको छ । संघीय सरकारले हस्तान्तरण गरे लगतै प्रदेश सरकारले आफ्नो माताहतमा ल्याउने निर्णय गरेको हो । अहिले दमकमा कार्यालय रहेको आयोजनाको कार्यालय भने सोही स्थानमा नै राख्ने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री बैंकक हुँदै अमेरिका जाने

आज बसेको मन्त्री परिषदको बैठकले मुख्यमन्त्रीको बैकक देखि अमेरिका सम्मको भ्रमण स्वीकृत गरेको छ । मुख्यमन्त्री शेरधन राई भोली काठमाडौ जाने र १६ गते पछि बैंकक जाने कार्यक्रम रहेको छ । १६ गते बैंककमा ३ दिने उपचार पछि उनी उतैबाट अमेरिका जाने कार्यक्रम तय भएको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्