भिटामिन ए र जुकाको औषधिसँगै विराटनगर महानगरले बालबालिकाको कुपोषण पनि मापन गर्दै

भिटामिन ए र जुकाको औषधिसँगै विराटनगर महानगरले बालबालिकाको कुपोषण पनि मापन गर्दै

विराटनगर,१४ कार्तिक । भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले बालमैत्री भएको कारण फरक रुपमा अभियान चलाएको छ । अभियानको सदुपयोग गर्दे महानगरले बच्चाको नाप सहित कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत सँगैँ थालेको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले भिटामिन ए खुवाउने तथा चुकाको औषधि ख खुवाउने अभियानकै क्रममा बच्चाको नाप लिने तथा कुपोषित बालबालिकालाई पहिचान समेत गर्ने काम भएको जानकारी दिए । महानगरभित्र बालबालिकामा हुने समस्या समाधानका लागि महानगरले बालबालिका सम्बन्धि सेवा बिस्तार गर्ने पराजुलीले बताए । अभियानको क्रममा कुपोषित पहिचान भएका र तौलमा तलमाथी भएका बालबालिकालाई उपचारको लागि रेफर गरिने विराटनगर नगर स्वास्थ्य सह संयोजक लोजिता योन्जनले जानकारी दिइन् । कुपोषित बालवालिकालाई कोशी अञ्चल अस्पताल र रानी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइने छ । रेफर गरिएको संख्या भने केहि दिनपछि मात्रै थाहाहुने योन्जनको भनाई छ । यस्तै विराटनगर महानगरले बालवालिकालाई लक्षित गरि बालभिटा समेत अभियान कै क्रममा वितरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार बुधवार र विहिवार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि भिटामिन ए क्याप्सुल खुवाउने अभियान चलिरहेको छ । यस्तै १ बर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइदै छ । यो अभियानमा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल सहितको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्