विराटनगर, १४ असोज ।
पछिल्लो समय विराटनगरको विकाससँग जोडिएर धेरै लापरवाही हुँदै आएको छ । विराटनगर महानगरपालिकाले गर्ने काम होस् वा सिक्सलेन सडकको नाममा भएको विकासको काममा चरम लापरवाहीका बिच विकासको काम भएको छ । विराटनगरका पत्रकार मोहन मानन्धरले आफ्नो फेसबुकमा फोटो सहितको स्टाटस सार्बजनिक गर्दै रानी–विराटनगर–ईटहरी–धरान परियोजनाको मुनालपथको निर्माणको बारेमा लेखेका छन् । उनको स्टाटसमा भनिएकोछ, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न यसरी पो बिजुलीको पोल गाड्नुपर्छ ठालुप्रसादजी । विराटनगर मुनालपथमा सिक्सलेन सडकमा भूमी कन्सट्रक्सनले गरेको नाला निर्माण ।’