आज प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

आज प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

काठमाडाैँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार अाएकाे छ । उहाँलाई आज डिस्चार्ज गर्ने तयारी रहेकाे उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ र अस्पतालबाट डिस्चार्ज गरी निवासमै आराम गराउने तयारी चिकित्सकले गरेका छन् ।

प्रधानमन्त्रीको उपचार प्राध्यापक डाक्टर अरुण सायमी, प्राध्यापक डाक्टर दिब्या सिंह र डाक्टर सन्तकुमार दास संलग्न छन् । छातीको संक्रमण र भाइरल ज्वरोले सिकिस्त बनाएपछि १२ गते बिहान प्रधानमन्त्रीलाई शिक्षण अस्पतालको सीसीयूमा राखिएको थियो ।

अहिले प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको जानकारी चिकित्सकले दिएका छन् । यद्यपि संक्रमण बल्झिन सक्ने भएकाले कम्तिमा १ साता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्