राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको  भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै

दीपेन्द्र अधिकारी

कतार, कार्तिक १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ ।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनु भएको हो। कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।
साथै उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गर्नु भएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ।
राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्नुहुने कार्यक्रम रहेको यहाँस्थित दूतावासले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्