मोरङका उद्योगमा अनुगमन : सांसद दुगड कै उद्योगमा श्रमशोषण

मोरङका उद्योगमा अनुगमन : सांसद दुगड कै उद्योगमा श्रमशोषण

विराटनगर कार्तिक १५ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा सांसद समेत रहेका उद्योगी मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला पारेको छ ।

उनको मोरङ बुढीगंगा गाउँपालिका–३ मा संचालन रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टर उद्योगमा कार्यरत अधिकांश मजदुरले श्रम ऐनले तोकेजति सेवा सुविधा नपाएको देखिएको हो ।

श्रम कार्यालयले मोरङको बूढीगङ्गा गाउँपालिकाको आरती स्ट्रिप प्रालि, दुगड स्पाइसेस एण्ड फुड प्रोडक्ट प्रालि, क्वालिटी नुडल्स इण्डष्ट्रिज प्रालि, विराटनगरको ट्राइकट इण्डष्ट्रिज प्रालिमा अनुगमन गरेको थियो । आरती स्ट्रिपमा ९० प्रतिशत भारतीय मजदुरहरू ल्याएर काम गराएको पाइएको छ ।

श्रम कार्यालयका प्रमुखसहित टेड्र यूनियनका प्रतिनिधि पुग्दा मजदुरहरूले श्रम ऐनले तोके अनुसारको तलब र विभिन्न सेवा सुविधा नपाएको भन्दै दुखेसो पोखेका थिए ।

उद्योगहरुले मजदुरहरूको श्रम शोषण गरेको, सम्झौताविना काममा लगाएको र न्युनतम् सेवा सुविधाहरू पनि नदिएको पाइएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले जानकारी दिनुभयो ।अनुगमनको क्रममा आरती स्ट्रिप्सले ९० प्रतिशत भारतीय मजदुहरूलाई श्रम स्वीकृतिविनै काममा लगाएको पाइएको उहाँको भनाइ छ ।

अनुगमनमा नेपाल समाजवादी ट्रेड यूनियन महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमला,अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल ट्रेड यूनियन मोरङका अध्यक्ष शुशिल कोइरालसहितको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्