विराटनगरमा नेकपा मोरङको चियापान हुने,प्रचण्डले सहभागिता जनाउने

विराटनगरमा नेकपा मोरङको चियापान हुने,प्रचण्डले सहभागिता जनाउने

विराटनगर कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले यहि कार्तिक १९ गते विराटनगरमा हुने चियापान समारोहको तयारी अघि बढाएको छ । दशैँ , तिहार तथा छठ लगायतका चाडपर्वहरुको सन्दर्भमा नेकपा मोरङले शुभकामना आदानाप्रदान गर्ने उदेश्यले यापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को उक्त चियापान कार्यक्रममा सहभागिता रहने छ । उक्त कार्यक्रमलाई भव्यता दिन जिल्ला स्थित नेकपाका प्रमुख नेताहरु सम्मिलित मुल व्यवस्थापन समिति गठन गरिएको छ भने बाबुराम कार्कीको नेतृत्वमा ३६ सदस्यीय प्रचार उपसमिति गठन गरिएको छ ।

सोही दिन शुभकामना आदानप्रदान तथा चियापन अघि दिउँसो ११ बजेदेखि २ बजेसम्म कार्यकर्ताबीच प्रशिक्षणमुलक कार्यक्रम हुने जनाइएको छ । २ बजेदेखि साँझ ६ बजेसम्म आगन्तुक पाहुना, शुभचिन्तक, सामाजिक व्यक्तित्वहरुकाबीच शुभकामना आदानप्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्