विराटनगरका तीन वडा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

विराटनगरका तीन वडा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

विराटनगर कार्तिक १५ ,  विराटनगर महानगरपालिकाको तीन वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आज (बिहिबार) महानगरपालिकाले पत्रकार सम्मेलन गरी बिराटनगरका वडा नं ४,१२ र १६ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जानकारी गराएको हो ।

विराटनगर महानगरपालिका, सरसफाई तथा स्वच्छता समन्वय समिति विराटनगरको आयोजनामा ती वडाहरुलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । वडा नम्बर ४ मा ३ हजार १ सय ४५ घरधुरीमा र वार्ड नं १२ मा २ हजार ७ सय ७४ र वार्ड नं १४ मा १ हजार ९ सय ११ घरधुरी रहेको र त्यहाँ शौचालय निर्माण गरी प्रयोगसमेत गरिरहेको अनुगमनका क्रममा पाइएकाले खुल्ला दिसामुक्त वडा घोषणा गरिएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

विराटनगर महानगरपालिका भित्रका १९ वटा वडामध्ये १,२, ३, ५,६, ७, ८,९, १०, ११,१३,१५ र १६ गरी १४ वटा वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा यसअघि नै भइसकेको कार्यक्रममा जानकारी दिइएको थियो  ।

उक्त कार्यक्रममा विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल, वार्ड नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, वार्ड नं १२ का अध्यक्ष हिरालाल कामत ,वार्ड नं १४ का अध्यक्ष बलदेव यादवलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्