बिराटनगरबाट प्रहरी हिरासतबाटै ईन्सपेक्टरले अभियुत्तलाई भगाएको आरोप

बिराटनगरबाट प्रहरी हिरासतबाटै ईन्सपेक्टरले अभियुत्तलाई भगाएको आरोप

विराटनगर १५ कात्तिक । ईलाका प्रहरी कार्यलय रानीका ईन्स्पेक्टर सन्तोष निरौलाले स्थानिय खलिल मियाका परिवारलाई दुव्र्यव्यबहार गरेको भन्दै पिडीतहरुले न्याय मागेका छन् ।
विराटनगर १७ का स्थानियवासी खलिल मियाका परिवारले बिहिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रानीका ईन्पेक्टर निरौलाले आफ्ना छोराका हत्यामा पहिचान भएका मुख्य अभियुत्तलाई समेत थुनुवा कोठाबाटै भगाएको उनीहरुले आरोप लगाएका छन् ।

गत असोज १ गते विश्वकर्मा पुजाको दिन विराटनगर १७ का एक १७ बर्षिय स्कुले बालक असफाक आलमको अपहरणमा पछि हत्या भएको थियो । गौतम बुद्ध स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई उनकै छिमेकी दुई साथीले पैसाको लागी अपहरण पछि हत्या गरे । असफाकलाई उनकै छिमेकी दुई साथी सदिन हुसेन र आरिफले अपहरण पछि हत्या गरे । असफाकका बुबाबाट ५० लाख रुपैयको बाग्रेनिङ गरी ५ लाख दिने सर्त गरिएको थियो । तर पैसा बार्गेनिङ गर्ने अपहरणकारीले पैसा लिन नआएपछि असफाकको टाउको काटेर हत्या गरी ह्यमपाईप भित्र राखेका थिए । पछि ह्यमपाईप भित्र शव गनाउन थाले पछि स्थानियवासीले फेला पारेपछि हत्यामा संग्लनलाई प्रहरीले तिव्ररुपमा खोजी कार्य गरेको थियो । प्रहरीले बल्ल – बल्ल २ साता पछि हत्यामा संग्लन दुई अभियुत्तलाई पक्राउ गरी सार्वजनिक गर्यो । अभियुक्तहरुलाई पुन ईलाका प्रहरी कार्यलय रानी थानाको हिरासत राखेको थियो । तर प्रहरी हिरासतबाटै प्रहरीले आफ्ना छोराको हत्यामा संग्लन दुई अभियुत्तलाई ईन्सपेक्टरको मिलेमतोमा भएको भन्दै मृतका बुबा खलिल मियाले आरोप लगाएका छन् । अभियुत्तहरु गत कातिक ८ गते विहीबार मध्यराती थुनुवा कोठाको भेन्टिलेटर काटेर भागेका थिए ।

मृतका बुबा खलिल मियाले जिल्ला प्रशासन कार्यलय मोरङमा ज्यान खतरामा परेको र शान्ति शुरक्षा गरी पाँउ भनि निवेदन समेत दिएका छन् । आफ्ना छोरालाई प्रहरीले हिरासतबाटै भगाएको भन्दै ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष निरौलालाई कारबाहीको माग पनि गरेका छन् । यता ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले भने फरार अभियुत्तहरुको खोजिकार्य भईरहेको बताए । पिडीत पक्षले लगाएको आरोप गलत भएको भन्दै थुनुवा कक्षबाट कैदीहरु मेरो मिलेमतोमा भगाएको भए छानविन समिती बनिसकेको छ । छानविन समितीले मेरो संग्नलता भएको प्रमाण फेला पारे म कारबाहीको भोग्न तयार रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्