विराटनगरको आलुु चिप्स उद्योगको कर्तुुत : उत्पादन मिति अगाडि नै बजारमा छ्यापछ्यापति

विराटनगरको आलुु चिप्स उद्योगको कर्तुुत : उत्पादन मिति अगाडि नै बजारमा छ्यापछ्यापति

प्रेम देवान
विराटनगर १५ कातिक । विराटनगरका बजारमा उत्पादन मिति लेखिएको अगाडी नै खाद्यन्न सामाग्री पसल पसलमा पुग्ने गरेको पाईएको छ । तर यस विषयमा भने अनुगमन गर्ने निकायले आँखा चिम्लेर बसेको पाईएको छ ।
विराटनगरमा पछिल्लो समय विभिन्न चाउचाउ, विस्कुट, चिप्स तथा पानीका बोतलहरुमा उत्पादन  मिती भन्दा  अघिल्लो दिन नै बजारमा त्यस्ता सामाग्री पुग्ने गरेको भेटिएको छ । यस्तै विराटनगरमा केही महिना अघिदेखि मात्र संचालनमा आएको एभरेष्ट उद्योगले भोलीको उत्पादन मिति राखेर अघिल्लो दिन नै आफुले उत्पादन गरेका सामान बजारमा पठाउने गरेको पाईएको छ ।
विराटनगर ३ सिभिलमार्ग रहेको एभरेष्ट स्नेक्स उद्योगले बजारमा आफुले उत्पादन गरेको आलु चिप्स बजारमा पुर्याएको आवर विराटनगर डट नेटले फेला पारेको छ । आवर विराटनगरले विराटनगरको एक पसलमा भोलीको मिती (नोभेम्बर २ ) राखीएको आलु चिप्स फेला पारेको छ । गत साउन १५ गतेबाट संचालनमा ल्याएको एभरेष्ट स्नेक्स उद्योगले बजारमा नोभेम्बर २ तारिखको मिति राखेर आज नोवेम्बर १ मा नै बजारमा पठाएको भेटिएको छ । उता एभरेष्ट स्नेक्स उद्योगका संचालक नगेन्द्र श्रेष्ठले भने कर्मचारीले प्रिन्ट गर्दा तलमाथी भएको हुन सक्ने बताए । आगामीदिनमा हामी यसलाई
यसरी उद्योगीहरुले खुलेआम भोलीको मिति राखेर बजारमा सामाग्री विरतरण गर्दा सम्बन्धी निकायले भने खासै चासो दिएको पाईदैन । व्यापारीहरुले आम उपभोक्तालाई आँखा छल्ने काम गरेको भेटिएको छ । त्यसरी उत्पादन मिति अघिल्लो दिन नै राखेर बजारमा पठाउदा आम सर्वसाधरण ठगिन पुग्ने गरेका छन् । त्यति मात्र नभएर चाडो एक्सपायर नहोस भनेर यसरी उद्योगिहरुले आँखा छल्ने गरेको पाईएको छ ।
यसरी खुले आम उद्योगीहरुले उत्पादन मिति अघिल्लो दिन नै प्रिन्ट गरेर बजारमा सामान पठाएको भेटिए तत्काल अनुसन्धन गरी कारबाही गर्न सकिने जिल्ला प्रशासन मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए । आफूहरु कहाँ यस्ता प्रकारका निवेदन तथा सुचना प्राप्त हुन साथ खाद्यन्न गुण नियन्त्रण कार्यलय तथा अनुगमनकारी निकायलेबाट खोजतलास गरी जरीवान तिर्ने देखी उद्योग शिलबन्दी हुन सक्ने सम्म प्रावधान रहेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्