समुदाय प्रहरी साझेदारी’ कार्यक्रम इटहरीमा शुरु

<span class='c1'>समुदाय प्रहरी साझेदारी’</span> <span class='c2'>कार्यक्रम इटहरीमा शुरु</span>

सुनसरी, १६ कात्तिक।
समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उपमहानगरपालिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्धारिकलाल चौधरी र एसपी राजन अधिकारी बिच सहमति भएको हो । सहमति पत्रमा हस्ताक्षर भए पछि मेयर चौधरीले सबै नागरिक बिना बर्दीको प्रहरी भएको भन्दै समुदायमा शान्ति स्थापना गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । समाजमा अपराध गर्ने मात्र दोषी नभएको भन्दै अपराध लुकाउने पनि उत्तिकै दोषि रहेको उनले बताए । जिल्ला प्रहरी प्रमुख अधिकारीले टोलस्तरसम्म पुुगेर दिगो र दीर्घकालीन सहकार्यमार्फत समुुदायमा शान्ति निर्माण गर्ने भूमिका खेल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्