विराटनगर महानगरपालिकाको ईजलाश तयार, न्यायिक समितिद्वारा इजलासबाट सेवा सुरु

विराटनगर महानगरपालिकाको ईजलाश तयार, न्यायिक समितिद्वारा इजलासबाट सेवा सुरु

विराटनगर, १६ कात्तिक ।
विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा सुरु गरेको छ ।
न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो । महानगरले छुट्टै इजालस निर्माण गरी न्याय निरुपण सुरु गरेको हो । न्यायिक समितिमा पर्ने मुद्दाको सुनवाई साप्ताहिक रुपमा इजालसबाट प्रत्येक बुधबार मुद्दामाथिको सुनवाई गरिने उपप्रमुख कार्कीले बताईन् ।
बिहिवार महानगर प्रमुख भीम पराजुली, उपमेयर एवं न्यायिक समितिकी संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरुले इजलासको शुभारम्भ गरका थिए । न्यायिक समितिका अन्य सदस्यमा विनोदकुमार बस्नेत र तिर्थेन्द्र न्यौपाने सदस्य रहेका छन् । विराटनगर महानगरपालिको न्यायिक समितिमा एक वर्षको अवधिमा ७१ वटा मुद्दा परेको उपप्रमुख कार्कीले जानकारी दिईन् ।
स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा परेका मुद्दामध्ये सम्बन्ध विच्छेदका २३ वटा मुद्दा परेको छन् । त्यसमा १५ वटा मुद्दा मोरङ जिल्ला अदालतमा सिफारिस गरिएको छ । २ वटा मुद्दालाई मेलमिलाप गराइएको छ भने ६ वटालाई तारेखमा राखिएको कार्कीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्