भोजपुर, १६ कात्तिक। भोजपुर सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभुमी कृर्षी फर्मले जीत हात पारेको छ। भने हतुवागढि गाउँपालिका घोरेटार उपविजेता बनेको छ ।
जीतसंगै मातृभुमीले नगद ५० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता घोरेटारले नगद ३० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ । फइनल खेलमा मातृभुमीले हतुवागढिलाई ४–० ले पराजीत गरेको हो ।
गत ११ गतेबाट सुरु भएको प्रतियोगीतामा ६ टिमले सहभागीता जनाएका थिए । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगीताको प्रायोजन भोजपुर नगरपालिकाले गरेको हो ।