अख्तियारद्वारा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका पूर्व कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

<span class='c1'>अख्तियारद्वारा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका पूर्व</span> <span class='c2'>कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर</span>

धनकुटा,१६ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङेदेन, लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरिकुमार पोख्रेल र तत्कालीन खोप सुपरभाइजर प्रकाश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।   येङेदेन र राईले पोख्रेल र अधिकारीसँगको मिलेमतोमा आर्थिक वर्ष २०६९\७०मा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको लागि दादुरा रुवेला खोप कार्यक्रम अन्तर्गत निकासा भएको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधि ढुवानी, सवारी साधनको इन्धन खर्च तथा व्यवस्थापनका सामान खरिद गरेको भनि कामै नगरी काम गरेको भनी नक्कली बिल भर्पाइ तयार गरेको अख्तियारको ठहर छ ।

उनीहरूले तीन लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसाको बदनियत साथ तोकिएको शीर्षकमा खर्च नगरी नक्कली बिल भरपाइ तयार गरि आफूलाई गैरकानुनी लाभ पुर्याउने र नेपाल सरकारलाई जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा हानी नोक्सानी पुर्याउने काम गरि रकम हिनामिना गरेको अख्तियारको ठहर छ । गैरकानुनी लाभ पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम कसुर गरेको देखिएकोले तत्कालीन प्रमुख येङ्देन र लेखा अधिकृत राईलाई जनही तीन लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसाको बिगो सहित सोही ऐन बमोजिम सजायको मागदाबी अायोगले गरेको छ। नायब सुब्बा पोख्रेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही बमोजिम कसुरको मात्रा अनुसार कैद सजाय, बिगो बमोजिम जरिवाना गरी निजबाट बिगो र दुई लाख ४७ हजार ९१ रुपैयाँ ७५ पैसा समेत मागदाबी अख्तियारले गरेको छ। सोही बमोजिमको कसुर गरेको भन्दै तत्कालीन खोप सुपारभाइजर अधिकारीले पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुरको मात्रा अनुसार कैद जरिवाना र बिगो १ लाख ३३ हजार नौसय ९० रुपैयाँ सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्