नेवारी समुदायको लाखे नाच प्रर्दशन गर्दै भोली ‘मिस नेवा कोशी २०१८’ को ग्राण्ड फिनाले

नेवारी समुदायको लाखे नाच प्रर्दशन गर्दै भोली ‘मिस नेवा कोशी २०१८’ को ग्राण्ड फिनाले

प्रेम देवान
विराटनगर १६ कातिक । यस पटकको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को ग्राण्ड फिनाले भोली शनिबार विराटनगरको नमस्कार होटलमा हुदैछ । यसका लागी सम्र्पुण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।
फाइनलमा पुगेका १३ जना स्प्रधीहरुले भोली शनिबार बेलुकी आ– आफ्नो प्रस्तुति देखाउने भएका छन् । स्प्रधीहरुले यस अघि आ– आफ्नो ट्यालेन्ट देखाईसकेका छन् । उनीहरुले साँस्कृतिक नृत्य, गायन लगायतको विभिन्न प्रतिभा देखाईसकेका छन् ।
नेवारी सामुदायमा रहेको किशोरीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका गत बर्षदेखि मन्जिना मूभिज क्रियएसनले मिस नेवा आयोजना गर्दै आएको छ ।
भोली हुने ग्राण्ड फिनालेमा नेवारी समुदायको लाखे नाचबाट सुरुवात गरीने मन्जिना मूभिज क्रियएसनका डाईरेक्टर जतिन ताम्राकारले आवर विराटनगरलाई जानाकारी दिए । ग्राण्ड फिनालेमा नायिका संचिता लुईटेल, गायक सुमित खड्का, प्रस्ना शाक्य र विराटनगरमा रहेको टच डान्स स्टुडियोका कलाकारहरुको प्रस्तुति रहने ताम्राकारले ओवीलाई बताए ।

प्रतियोगिताको फाइनलमा विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा ताम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले स्प्रर्धा गर्ने भएका छन् । ।यस प्रतियोगीताको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्