सुनसरी, १६ कात्तिक। सुनसरीको ईटहरी उप-महानगरपालिका-१० कपास उद्योगमा आगलागी हुँदा करिव ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट अनिल अग्रवालले संचालन गरेको जय माता दी कपास उद्योगमा कपास पेल्ने मेशिन तातिएर बिहान अचानक आगलागी भएको थियो । आगलागीबाट उद्योगमा भएको कपास, मोटर चलाउने मेशिन जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।