मोरङ काँग्रेसको चियापानमा नेताले भने ‘देशले सुशासन र विकास खोजेको छ’

मोरङ काँग्रेसको चियापानमा नेताले भने ‘देशले सुशासन र विकास खोजेको छ’

विराटनगर, १६ कात्तिक ।
राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको एक कार्यक्रमका वक्ताले बताएका छन् । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका रुपमा भएपनि प्रतिपक्षी दलले सत्तासीनको काम गर्ने शैलीलाई भने मूल्यांकन र टिप्पणी गरिरहने बताए । भने,‘कटुता त्यागेर देश विकास नै प्राथमिकता बन्नुपर्छ । संघीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल सुरु भएको छ । यो भए संविधान पनि असफल बन्छ ।’ कोइरालाले सुशसानका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले मोरङ त राजनीतिक रुपमा अझ उर्जाशील भएपनि विगत केहीयता भने यो क्रममा कमी आएको जस्तो महशुस सुनाए ।
नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको एउटा कोर्स पूरा भएकोले अब आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिदैैं भने,‘प्रतिबन्धित कालमा निरंशुताविरुद्ध जनताका भावना मुखरित गर्नका लागि चियापान आरम्भ गरिएको थियो । त्यो संस्सकार अहिले पनि निरन्तर चल्नु सकारात्मक हो ।’ ढकालले सँगै राजनीतिक आन्दोलन गरेका दल देश विकासका लागि पनि सँगै अग्रसर हुनुपर्ने बताए ।
काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नयाँ सोच र योजनासाथ अघि बढ्नुको विकल्प नरहेको चर्चा गरिन । नेकपाका गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए । रतुवामाई नगरपालिकाका मेयर रविन राईले सबै पर्वले आपसमा भाइचारा बढाएको चर्चा गरे । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पर्वहरु उत्सवसमेत भएको बताए । भने,‘शुभकामना लिने र दिने प्रक्रियामा पनि असल संस्कार नै हो ।’ कार्यक्रममा काँग्रेसका प्रदेश सांसद शिवनारायण गन्गाई, पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बूले काँग्रेसले विगतदेखिकै परम्परालाई निरन्तरता दिन चियापान आयोजना गरी विचारको आदान प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्