प्रदेश १ का मुख्यमन्त्री राई रोग पहिचान नभएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

प्रदेश १ का मुख्यमन्त्री राई  रोग पहिचान नभएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर,१६ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।२ वर्षदेखि घाँटीको समस्या झेल्दै अाएका मुख्यमन्त्री राईले स्वदेशका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटी अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुबेदीले जानकारी दिए ।

उनले थाइल्याण्डको राजधानी बैंककमा रहेकाे बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार गराउने गरेकाे प्नेस नाेटमा उल्लेख छ । त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश र्फकने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रदेश १ सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जान स्वीकृत गरेको थियो । मुख्यमन्त्रीकाे उपचार  निजी खर्चमा गरिने समेत प्रेस नाेटमा लेखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्