तपाई झुक्किनु होला !! विराटनगरबाट चल्ने बसहरु यसरी यात्रु झुक्याउन रातो बनाईए

तपाई झुक्किनु होला !! विराटनगरबाट चल्ने बसहरु यसरी यात्रु झुक्याउन रातो बनाईए

 

प्रेम देवान ।
विराटनगर, १६ कात्तिक । झापाको शिवसतासी नगरपालका झिलझिलेका ३६ बर्षिय प्रेम बहादर पराजुली विगत १० बर्षिदेखि मे १ ख २१५७ नम्बरको यात्रु बसका चालक हुन् । एक महिना अघिसम्म उनले चलाएको बसको नाम मकालु डिलक्स थियो । तर अहिले उनले चलाउने बसको न नाम त्यो छ नत कलर नै ।
नाम र रंग दुबै फेरिएको छ तर नम्बर फेरिएन । एक महिना अगाडीसम्म उनले चलाएको बसको नाम मकालु डिलक्स सेता रङ्गमा थियो । अहिले त्यो गाडीको रंग रातो भएको छ । यसको एउटै कारण हो, राता बस देख्ने वित्तिकै यात्रुको आकर्षण ।
नभन्दै प्रेम बहादुरले ३ दिनसम्म गाडी ग्यारेजमा राखेर सेतो गाडीलाई राता–रात रातो कलर लगाएर परिवर्तन गरेका हुन् । करिब ४० हजार खर्चिएर ग्यारेजबाट सेतो गाडीलाई रातो बनाएर ग्यारेजबाट निकालेको उनले बताए । भर्खरै ग्यारेजबाट निस्कीएको बस झट्ट हेर्दा लाग्थ्यो नया बस हो । जो कोही पनि उक्त बस देख्ने वित्तिकै झुक्किन्थे ।
प्रेम बहादुर दैनिक काँकडभिट्टा देखि विराटनगरको रुटमा चल्ने बस चलाउँदै आउने चालक हुन् । जब उनले पहिलो दिनमा सेतो बसलाई रातो बनाएर सडकमा दौडाए नए उनले बल्ल थाहा पाए रातो गाडीको मज्जा । मकालु नाम गरेको गाडी मुनाल बनाएर रातो रङ लगाएर कुदाएपछि यात्रुहरुले बस खचाखच भरिएको प्रेम बहादुरले बताए ।
‘गाडीको रकमबाट अरु बेला खाजा र नस्ता खान पनि धौ– धौ हुने गरेको थियो, अहिले ढुक्क छ’, प्रेमले भने‘ जब सेतो गाडी रातो बनाएर सडकमा कुदाउन थालियो दैनिकी मज्जाले चलेको छ ।’ उनले सेता बस हुँदा कोषको रकम तिर्न र डिजेल हाल्न निक्कै समस्या झेल्दै आएको बताए । यात्रु राता बस बाहेकमा चढ्दै नमान्ने र तर्किने गरेको उनको अनुभव छ । यात्रुहरुको मानसिकता एकै खालको हुने गरेको, राता गाडी सुरक्षित र आरामदायी हुन्छन् भन्ने ।
करिब ४ बर्ष अघि नागरिक कम्पनीको रातो गाडी ल्याएसँगै त्यसको एक बर्षसम्म खासै राता गाडी देखिएनन् । नागरिक यातायातले एक छत्र राज गर्यो । राम्रो बजार बनायो । नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सञ्चालनमा ल्याएका अत्याधुनिक सुविधायुक्त राता बस यात्रुको रोजाई बन्न थालेको पछि धेरै नयाँ रातागाडीहरु आए ।
नागरिकको अहिले पूर्वमा १५ वटा रातो कलरको गाडी संचालमा छ। नागरिक कम्पनीको रातो गाडीका कारण अन्य सेता गाडीलाई यात्रु पाउन समस्या पर्दै जान थालेपछि पुराना बिभिन्न कलरका गाडीहरु राता रङ पोत्न थालियो । राता गाडीले बजार राम्रो बनाएपछि अन्य रङका गाडीले बिराटनगर–काँकडभिट्टा सडकमा यात्रु पाउन धौ – धौ नै अर्का सेता गाडीका चालक सुमन कालिकोटेले गुनासो गरे । राता गाडीले गर्दा सेता बस व्यावसायीलाई खडेरी नै लाग्न थाले पछि अहिले सेता गाडी राता बन्न थालेको उनको भनाई छ । विराटनगर देखि काँकडभिट्टा को १ ख ४४०७ नम्बरको मेघा ट्राभल्स पनि रातो रङ्ग पोतेर अहिले नागरिक जस्तै बनाएर कुदाउन थालिएको छ । यात्रु झुक्याउनको लागि अहिले पुर्बमा नागरिकको विश्वसनियता भजाउनको लागि पुराना गाडीलाई रङ लगाउने डेन्टिङ पेन्टिङ गरेर नयाँ जस्तै बनाउने होड चलेको हो ।
यस्तो थियो सिस्टम
नागरिक, हिमशिखर, सुर्योदय, कन्काई, एरिना कम्पनीले ल्याएको राता बसको सबैभन्दा राम्रो पक्ष भनेको समयमा यात्रु गन्तब्यमा पुग्नु । अनी कुन स्थानमा उत्रने हो, त्यो आफै गाडी भित्र भएको जिपिएस सिस्टमले बताउने । तर अन्य भर्खरै रातो कलर गरेर ल्याएको बसमा भने त्यो सुविधा नभएका कारण अधिकाश यात्रुहरु झुक्किने गरेको पाईएको छ । नागरिक, हिमशिखर, सुर्योदय, कन्काई, एरिना तथा सगरमाथा कम्पनीका बसले अढाई घण्टामा काँकरभिट्टाबाट धरान र ३ घण्टाको अवधिमा विराटनगरसम्म ल्याउने गरेको छ । तर अन्य गाडी गाडीले भने ५ घन्टा सम्म लागाउने गरेको यात्रुहरुको गुनासो छ ।
राता बसमा नागरिक हरियो बसमा सगरमाथा यातायातका बसमा यात्रा गर्ने अशक्त र महिलाहरुलाई आरक्षण सिटको व्यवस्था, बालबालिका र अशक्त नागरिकलाई बस चढ्न सहज होस् भन्नका लागि बस सञ्चालनमा ल्याईएको जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिएर यात्रा गराउने गरेको छ ।
राता बसले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई परिचय पत्रका आधारमा सरकारले निर्धारण गरेको छुट सुबिधा दिईएको भए पनि अन्य गाडीले छुटको व्यावस्थामा धेरै कचकच गर्नु पर्ने भएकाले राता गाडी नै धेरैको रोजाईमा पर्ने गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका रमितेखोला सुभाष चाम्लिङ राईले प्राय विराटनगर होस या विर्तामोड वा धरान जहाँ जाँदा पनि राता बस नै प्रयोग गर्ने गरेको सुनाए । तर कतिपय बसहरुले जाँडै पुर्याउँछु भनेर झुक्याउने गरेको समेत बताए ।
कर्मचारीलाई हैरान
अन्य बसहरुमा जस्तो राता बसका कर्मचारीलाई यात्रु ल्याउने समस्या छैन । सहजै यात्रुहरु राता गाडीमा नागरिक र हरियो गाडीमा सगरमाथालाई पर्खिएरै बस्ने गरेका छन् । भाडामा झगडा गर्नु नपरेपछि यात्रुलाई सबैभन्दा बढी सहज हुने गरेको हो । यात्रुहरुलाई जबरजस्ती बोलाउनु नपर्ने, यात्रुहरुलाई तछाड र मछाड गर्दै ल्याउनु नपर्ने, ओर्लने र झर्ने ठाउँको मारेमा जिपिएस सिस्टम आफैले भन्ने गरेका कारण यसले बसका हेल्परलाई झनै सजिलो हुने गरेको नागरिक यातायातका बजार व्यापस्थापक प्रमुख कृष्ण काफ्लेले जानकारी दिए ।पछिल्लो समय प्रालिले यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा सिसी क्यामेरा र मनोरञ्जनका लागि प्रत्येक बसमा टिभी जडान गरिएको, बसका कर्मचारीको ब्यवहार यात्रुमैत्री बनाउन प्रयास भईरहेको काफ्लेले बताए । अझ नागरिक यातायातले मोवाईल एपबाट गाडी कहाँ आईपुगेको छ भनेर सहजै थाहा पाईने भएपछि थप यात्रुलाई सजिलो भएको छ । तर पछिल्लो समय नागरिक जस्तै अन्य सेता बसलाई पनि राता बनाएर यात्रुहरुको आँखा छल्ने काम गरेका कारण आफूहरुले हैरानी खेप्नु परेको उनको आरोप छ ।
सबै जना झुक्किएर राता गाडीमा चढ्ने गरेका छन्, उनीहरुको सामान गाडीमा मै छुटाउने गरेका कारण हामीलाई नै फोन गरेर हैरान बनाउछन्, उनले भने । सबैजना नागरिक बस नै भनेर चढ्ने गर्छन् पहिलेदेखिको नै नागरिककै फोन नम्बर उनीहरुले राखेको कारण नम्बरमा फोन गरेर हैरान पर्ने गरेको काफ्लेको भोगाई छ । ‘हामीले जिल्ला प्रशासन कार्यालयमा गएर पनि उजुरी दियौं तर नाम परिवर्तन गरेर कलर गर्दा कारबाही नहुने हुदाँ हामी आफै पछाडी पर्यौ, काफ्ले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्