ओवी फेसबुक वाच : खुसी देखिए पहिलो पटक अाफ्नै आरक्षण सिटमा बस्दा पत्रकार खतिवडा

ओवी फेसबुक वाच : खुसी देखिए पहिलो पटक अाफ्नै आरक्षण सिटमा बस्दा पत्रकार खतिवडा

विराटनगर, १६ कात्तिक ।
पछिल्लो समय हरेक क्षेत्रमा आरक्षणको ब्यवस्था गरेको पाईन्छ । सरकारी क्षेत्रमा क्षेत्रगत तथा समुदायका आधारमा आरक्षणको ब्यवस्था गरिएको छ भने सवारी साधनहरुमा उमेर र अबस्थाको आधारमा आरक्षण छुटएको पाइन्छ । यात्रा गर्दा यात्रुले ख्याल गर्नु पर्ने कुरा आरक्षण सिट पनि हो । काठमाडौमा आजभन्दा केही बर्ष अगाडी देखि नै महिला, जेष्ठ नागरिक, अपाङ्ग, असक्तलाई आरक्षण काेटा ब्यवस्था गरि कार्यान्वयनमा आईसकेको भएपनि पूर्वमा पछिल्लो समयमा कार्यान्वयनमा आउन थालेको छ । विराटनगरका पत्रकार विजय खतिवडा काठमाडौको किर्तिपुर–रत्नपाकर्पको रुटमा संचालित बसमा पत्रकारको आरक्षण सिट फेला परेपछि आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्छन्-‘पहिलो पटक आरक्षण सिटमा बसेर तस्वीर खिच्दा । तस्वीर खिच्नको लागि सिट खाली भएपछि कुनै परिचय नदिई बसियो र छेउको साथीलाई क्लिक गर्न लगाईयो । भाडामा सुविधा छ कि छैन बुझिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्