मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्दै छ : कमल थापा

मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्दै छ : कमल थापा

ताप्लेजुङ, १७ कात्तिक । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे । यस क्रममा उनले ‘राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र’ नै आफ्नो पार्टीको बटमलाइन भएको दोहोर्याएका छन् । राजसंस्था बिना मुलुकको राष्ट्रियता र राष्ट्रिय एकता बलियो नहुने उनको जिकिर थियो ।

साथै नेपालको धार्मिक, साँस्कृतिक र सामाजिक अवस्था अनुरुप आँफूहरुले सबै धर्मको समानता सहितको सनातन हिन्दुराष्ट्रको माग राखेको थापाले बताए । ‘धर्म निरपेक्षताको नाममा जबर्जस्त भइरहेको धर्म परिवर्तनका कारण सामाजिक सद्भाव खल्बल्याइ मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्ने सम्भावना बढ्दै छ,’ नेता थापाले भने, ‘त्यसलाई रोक्न राप्रपाले हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि देशव्यापी हिन्दुराष्ट्र पुर्नजागरण अभियान सुरु गर्दैछ ।’नेता थापाले वर्तमान सरकारमाथि पनि आलोचना गरेका थिए । जनताको आशा र विश्वास अनुसार काम गर्न नसकेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्