दुई वटा कुकुरले झम्टिरहेको अवस्थामा भेटिएको रेडपाण्डाको मृत्यु

<span class='c1'>दुई वटा कुकुरले झम्टिरहेको</span> <span class='c2'>अवस्थामा भेटिएको रेडपाण्डाको मृत्यु</span>

इलाम, १७ कात्तिक । दुई वटा कुकुरले झम्टिरहेको अवस्थामा भेटिएको रेडपाण्डाको मृत्यु भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ माईपोखरीको तीनकुने भन्ने ठाउँमा भेटिएको रेडपाण्डालाई कुकुरबाट जीवितै खोसिएको थियो ।  कुकुरले झम्टिरहेको अवस्थाबाट खोसेको केही समयपश्चात नै रेडपाण्डा मरेको स्थानीय कृष्ण गुरुङले जानकारी दिनुभयो । बन्दुके प्रहरी चौकी र वनका कर्मचारीहरुले मृत रेडपाण्डालाई पोस्टमार्टमका लागि जिल्ला वन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रेडपाण्डा नेटवर्कको अध्ययनले नेपालको २३ जिल्लामा रेडपाण्डा पाइने देखाएको छ । नेपालमा तीन सय ५० को संख्यामा रहेका रेडपाण्डा इलामको जमुना, माइपोखरी, जोगमाई, माइमझुवा र माबुमा पाइने उच्च पहाडी जडिबुटी उत्पादक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्