बुहारी खोज्न निस्किएकी सासु झुन्डिएको अवस्थामा फेला

बुहारी खोज्न निस्किएकी सासु  झुन्डिएको अवस्थामा फेला

बैतडी, १७ कात्तिक । बुधबार साँझ बुहारी खोज्न भन्दै घरबाट निस्किएकी बैतडीको दोगडाकेदार गाउँपालिका ४ साउगाउँकी पार्वती भट्ट मृत फेला परेकी छिन् । ५२ बर्षीया भट्ट दशरथभन्द नगरपालिका वडा नम्बर ४ को झल्कोट जङगलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । भट्ट सारीको डोरीमा झुन्डीएको घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गरीले जानकारी दिए । बुधबार साँझ बुहारी खोज्न घरबाट निस्केकी पार्वती बेपत्ता भएकी थिइन् । पार्वतीको बुहारी ३० बर्षीया निर्मला भट्ट भने बिहिबार बिहानै झुन्डीएकै अवस्थामै मृत भेटिएकी थिइन् । बुधबार दिउँसो घरबाट घास काट्न निस्केकी निर्मला साँझ सम्म नफर्केपछि उनकी सासु खोज्न गएकी थिइन् । घटना रहस्यमय भएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्