झापामा मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

झापामा मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

पूर्ववाट पश्चिम जाँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत पाँचथर कुम्मयाक ५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवण कुमार सेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको लाइफलाइन अस्पताल, दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरीक्षक स्यामल सुब्बाले जानकारी दिए।मोटरसाइकलमा दुई जना सवार थिए।प्रहरीका अनुसार मृतकका दाजु सोहि ठाँउ निवासी तारा कुमार सेर्माको विर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुती भ्यानले सो मोटर साइकललाई ठक्कर दिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न दुवै यातायातका साधन र सोका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्