धनकुटाको रमाईलो मेलामा सुनसरीका चौधरीको हत्या, २८ जना नियन्त्रणमा

धनकुटाको रमाईलो मेलामा सुनसरीका चौधरीको हत्या, २८ जना नियन्त्रणमा

धनकुटा, १७ कात्तिक ।
धनकुटा नगरपालिका १ हिले–छिन्ताङ सडक खण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट शनिवार एक जनाको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट सुनसरी ईटहरी उप महानगरपलिका १५ परडिया बस्ने बर्ष ३५को राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जिप्रका धनकुटाको टोली सहित कुकुर परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा सोधपुछका लागि २८ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्