सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु

सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु

लहान (रासस) । सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर शनिबार सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करेन्ट लागेर घाइते भएका बालक उपचारका लागि धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि गएराति करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको थियो । आफ्नै घरमा रहेको मसला पिस्ने मिलमा करेन्ट लागेर सिकिस्त भएका महतोलाई उपचारका लागि लहानतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्