झापामा मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

<span class='c1'> झापामा मारुती भ्यानले मोटरसाइकललाई ठक्कर</span> <span class='c2'>दिँदा एक जनाको मृत्यु</span>

दमक कार्तिक १८ : झापाको कमल गाउँपालिकामा शनिबार मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा पाँचथर कुम्मायक-५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवणकुमार शेर्माको मृत्यु भएको हो।

उनको लाइफलाइन अस्पताल, दमकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए। घाइते हुनेमा उनका दाजु ताराकुमार शेर्मा रहेका छन्। घाइतेको  बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्