प्रदेश नम्बर २ मा एक सय बढी सांसदलाई ल्यापटप दिने तयारी

प्रदेश नम्बर २ मा एक सय बढी सांसदलाई ल्यापटप दिने तयारी

बिराटनगर कार्तिक १८ , प्रदेश नम्बर २ ले सबै प्रदेश सभा सदस्यलाई ल्यापटप दिने तयारी गरेको छ।

राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सभा सदस्य मनिष सुमनले कार्यव्यवस्था परामर्श समितिले  १०७ जना सांसदलाई ल्यापटप किन्न स्वीकृति दिइसकेको जानकारी दिए।  ल्यापटप किन्ने काम अहिले टेन्डरको चरणमा छ।

‘प्रदेश सभामा हरेक विधयेक सदस्यहरूलाई बाँड्दा फोटोकपी गर्नुपर्‍यो, कोहीले पाएनौं भन्छन्,’ सुमनले भने, ‘ल्यापटप भएपछि एकातिर पैसा जोगिन्छ अर्कातिर सबैले विधेयक, कार्यसूची इमेलमा जान्छ।’

ल्यापटप किन्न एक करोड भन्दा बढी खर्च हुनेछ। ‘चार वर्षसम्म विधेयकको फोटोकपीलगायतमा हुने खर्च  बरू एकैचोटी गरेर ल्यापटप किन्ने निर्णय भएको हो,’ उनले भने।आफूले एप्पल कम्पनीको ल्यापटप किन्न सुझाव दिए पनि चलाउन अप्ठेरो हुने र नेपालमा किन्ने प्रक्रिया पनि सहज नभएकाले अरू नै कम्पनीको ल्यापटप किन्न लागेको सुमनले जानकारी दिए।

‘साथीहरू कुन कम्पनीको किन्ने भन्दै हेरिरहनु भएको छ, केही दिनमै टेन्डर हुन्छ,’ उनले भने, ‘हामीले किन्ने ल्यापटपमा ४ वर्षको वारेन्टी, बिग्रिए मर्मत र बीमा पनि हुन्छ।’यसअघि संघीय सरकारका सबै मन्त्रीलाई ल्यापटप दिएर मन्त्रिपरिषद् बैठक पेपरलेस (कागजबिहीन) बनाइएको थियो।प्रदेश २ आफ्ना सांसदलाई ल्यापटप दिन लागेको पहिलो प्रदेश हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्