मोरङको सुनवर्षी नगरपालिकाका कर्मचारी कृषिको बजेटमा विदेश सरर !!

मोरङको सुनवर्षी नगरपालिकाका कर्मचारी कृषिको बजेटमा विदेश सरर !!

विराटनगर कात्तिक १८। मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् ।

नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु र केही कृषकहरुसमेत २२ जना छन् ।

गत बुधबार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा र इलामका जाने कार्यतालिका बनाएर भ्रमण टोली निस्किएको थियो । उक्त टोलीका सदस्यहरुले सिक्कीमको ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्बजनिक गरेपछि कृषि अवोलकन भ्रमणको नाममा बिदेश पुगेको रहस्य खुलेको हो । आलोचना सुरु भएपछि ति कर्मचारीहरुले फेसबुकमा राखेको फोटो हटाएका थिए ।

कृषिका लागि ७ लाख बजेट बिनियोजन भएको थियो । सो रकम मध्ये ५ लाख बजेट लिएर टोली अवलोकन भ्रमणका निस्किएको थियो ।सुनबर्सी नगरपालिकाका कार्यवाहक अध्यक्ष प्रताप तामाङले पाँच लाख बजेट विनियोजन भएको बताउँदै भारत पुगेको  भन्ने बिषयमा आफूलाई जानकारी नभएको बताए ।

अवलोकन भ्रमणमा नगएका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । नगरपालिकाका सबै फाटवाला प्रमुखहरु भ्रमणमा गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।‘उहाँहरु झापा, मोरङ, सुनसरी र इलाममा भएका कृषि क्षेत्रको  अध्ययन अवलोकनका लागि भनेर जानु भएको हो,’ कार्यवाहक अध्यक्ष तामाङले भने ‘नगरपालिकाबाट मलाई पाँच दिनको कार्यवाहक दिइएको छ ।’

यता भ्रमणका क्रममा भारत पुगेर फर्किएका मेयर कालिप्रसाद दासले पशुपतिनगरसम्म मात्र पुगेको दाबी गरेका छन् । ‘हामी पशुपतीनगरसम्म पुगेका हौं,’ उनले भने, ‘सिक्कीम गएका छैनौं । ’भ्रमण टोलीको एक सदस्यका अनुसार बिहीबार सिक्कीम गएको टोली शुक्रबार साँझ पशुपतीनगर आएर बसेको थियो ।(अनलाइन खबर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्