पूर्वका चार जिल्लामा अागलागीका श्रीङ्खला, १८ लाखकाे क्षती

पूर्वका चार जिल्लामा अागलागीका   श्रीङ्खला, १८ लाखकाे क्षती

विराटनगर, १८ कात्तिक ।  प्रदेश १ को मोरङ, धनकुटा, झापा र सुनसरीका छुट्टा-छुट्टै स्थानमा शनिबार राती भएको आगलागीमा १८ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ। मोरङको सुन्दर-हरैँचा नगरपालिका ७ स्थित गोठगाउँका गोबिन्द दुलालको घरमा शनिवार राती आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

विद्युत चुहावट भई सुरु भएको आगलागीमा दुलालको घर, कुखुरा पाल्ने घरसहित १ सय ५० वटा कुखुरा जलेर नष्ट भएको छ। प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी चौकी बिराटचौकले जनाएको छ।

यसैगरी धनकुटाको चौबिसे गाउँपालिका ३ का खम्बा सिंह तामाङको घरमा आगलागी हुँदा करीब ४ लाख २० हजारको क्षति भएको छ। राती ११ बजे अचानक सुरु भएको आगलागीमा तामाङको घर, लत्ताकपडा, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

उता झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली चौकका टेक बहादुर खड्काको घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ। साँझ ७ बजे ग्याँस लिक भई आगलागि सुरु भएको थियो। आगलागीमा खड्काको घर तथा घरमा भएको लत्ताकपडा, खाद्यान्न, फर्निचरको सरसामान जलेर नष्ट भएको छ।

तीन वटा दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरी चौकी चारआलीले जनाएको छ।

सुनसरीको ईटहरी उपमहानगरपालिका १० का शुक्रराज लिम्बुको घरमा आगलागी हुँदा करीब २ लाख मूल्य बराबरको क्षति भएको छ। राती ८ बजे चुलोवाट सुरु भएको आगलागीमा उनको घर र घरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्