विराटनगरबाट यसरी पक्राउ पर्यो मोटरसाईकल सहित १ लाख बराबरको पटका

विराटनगरबाट यसरी पक्राउ पर्यो मोटरसाईकल सहित १ लाख बराबरको पटका

विराटनगर, १८ कातिक ।
भारतबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको १ बोरा पटका सहित मोटरसाईकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको एक टोलीले मोटरसाईकल सहित एक लाख बराबरको पटका बरामद गरेको हो । विराटनगर १४ जतुवामा मोटरसाईकलमा लोड गरेर विराटनगर तर्फ ल्याउदै गर्दा सशस्त्र प्रहरी निरीक्षक महेश कट्वालको कमाण्डको टोलीले पटका बरामद गरिएको हो । बरामद गरिएको पटकालाई स्थानिय जनप्रतिनिधी, स्थानिय अगुवा तथा संचारकर्मीको रोहबरमा आज विहान नष्ट गरिएको छ । पटकालाई जमिन मुनि खाल्डो खनि पानीमा भिजाएर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक महेश कटवालले जानकारी दिए । पक्राउ गरिएको को १ प ३०३३ नम्बरको मोरटरसाईल भने भन्सार कार्यलयमा दाखिला गरिएको कट्वालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्