विराटनगर नाकाबाट भित्रियो रेल, रेलमार्ग ट्रायलको सफल परीक्षण

विराटनगर नाकाबाट भित्रियो रेल, रेलमार्ग ट्रायलको सफल परीक्षण

विराटनगर, १८ कात्तिक ।
एक नम्बर प्रदेशको बिराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर–१८ मा रहेको बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परिक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दुरीमध्येको नेपाली भूभाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परिक्षण गरिएको थियो ।
रेल मार्गको परिक्षणसँगै बथनाहा–बुधनगरको ८ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भएको जोगबनी–विराटनगर रेलमार्ग परियोजना इर्कनका एजीएम अश्विनीकुमारले बताए ।
नेपालतर्फ ३ किलोमिटर र भारततर्फको ५ किलोमिटर दुरीमा परीक्षण सफल भएको छ । बुधनगरमा बन्दै गरेको एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कष्टम यार्डसम्म १३१०२ डब्लुडीजी ३ ए को इन्जिन रोलिङ नेपाली र भारतीय झण्डा राखेर झण्डै एकघण्टामा आइपुगेको हो । नियमित रेल सञ्चालनमा यो दुरी जम्मा १५ मिनेटमा पार गरिसक्ने छ । रेलमार्ग परियोजना इर्कनले गरेको परीक्षणमा नेपाल र भारतका सरकारी अधिकारी नभएपछि विराटनगर–१८ का वडाध्यक्ष सन्जयकुमार साहले आफ्नै वडामा रेल आउँदा स्थानीयसहित नेपाली झण्डाले स्वागत गरेका थिए ।  नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग बिस्तार गर्ने समझदारी भएको थियो । निर्माणको क्रममा लाग्नु सम्पुर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआबजा नेपाल सरकारले बेहोर्ने समझदारी भएको थियो । समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याइपु¥याउनु पर्ने भए पनि विराटनगर–जोगबनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद, विभिन्न राजनीतिक आन्दोलनको असर लगायतले समयमै निर्माण हुन भने नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्