झापा र सुनसरीमा जवरजस्ती करणीको आरोपमा २ पक्राउ

झापा र सुनसरीमा जवरजस्ती करणीको आरोपमा २ पक्राउ

विराटनगर १८ कातिक । जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार सुनसरी र झापा जिल्लाबाट २ जनालाई पक्राउ गरेको छ । सुनसरीको ईटहरी उप–महानगरपालिका ५ स्थित बरामपुरमा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १८ को भवानी आचार्य रहेका छन् । उनले राती साढे ९ बजेको समयमा सोही स्थान बस्ने ६ बर्षीया बालिकालाई मोबायल देखाएर ललाई फकाई गरी आफ्नो घरमा बोलाएर करणी गरेको भनि बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका आचार्यलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ । त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका(९ स्थित बिरान भन्ने ठाउँमा बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँ बस्ने बर्ष १७ बालकलाई प्रहरीले पक्राउ गरेको छ । निजले सोही स्थान बस्ने १० बर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई, डर त्रास देखाई जवरजस्ती करणी गरेको भन्ने खबर पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले बालिकालाई उद्धार गरी मेडिकल चेकजाँचको लागि मेची अंचल अस्पताल पठाईएको र घटनामा संलग्न बालकलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्