भारतीयलाई नागरिकता सिफारिस दिने विराटनगर १ का वडा अध्यक्ष सहित १६ जना बिरुद्ध मुद्दा दर्ता

भारतीयलाई नागरिकता सिफारिस दिने विराटनगर १ का वडा अध्यक्ष सहित १६ जना बिरुद्ध मुद्दा दर्ता

विराटनगर, १८कात्तिक ।
विराटनगर महानगरपालिकाका वडा अध्यक्ष सहित १६ जना बिरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । भारतीय नगरिकलाई सिफारिस दिने विराटनगर १ नम्बर वडाका अध्यक्ष उद्धब अर्याल सहित १६ जनालाई मुद्दा बिरुद्ध मुद्दा दायर भएको हो । झुठो विवरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याल वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिनासहित आफ्ना छोराहरु हुन् भनी झुठा विवरण पेश गर्ने मोरङ कटहरी गाउँपालिका १ का ५५ बर्षिय सत्यनारायण पोद्दार सहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो विवरणमा सर्जिमिन गर्ने पाँच जना नेपाली नागरिकलाई जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा आज अभियोग पत्र दर्ता गरेको हो ।
उनीहरु सबैलाई अलग अलग ६ वटा अभियोग तयार गरि झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यसरी आयो घटना
किर्ते गरि नागरिकता लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्षलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । नागरिकताको लागि झुटो बिवरण पेश गरेका व्यक्तिलाई सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्यक्ष उद्धब अर्याललाई जोगाउन मेयर भिम पराजुली लागिपरेका थिए । करिब १५ दिन अगाडी पोद्दारले आफ्नो छोरा भन्दै २ जनाको नागरिकताको लागि झुटा बिवरण पेश गरेका थिए । पोद्दारले पेश गरेको बिवरण अनुसार वडा अध्यक्ष अर्याल, सदस्य साह र सचिब तिम्सिनाले नागरिताको लागि सिफारिस गरिदिएको जिल्ला प्रशासन बताएको छ ।
झुटा बिवरण पेश गरि पोद्धारले आफ्नो छोरा भन्दै जिल्ला प्रशासनमा नागरिकता बनाउन गएपछि जिल्ला प्रशासन कार्यालयले छानविनको लागि जिल्ला प्रहरीलाई १५ दिन अघि नै पठाईएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका थिए । करिब १५ दिन पहिला जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि प्रहरीले गोप्य अनुसन्धान थालेको थियो । यस अघि विभिन्न मितिमा गैर नागरिक भारतका पाँच जना व्यक्तिलाई नागरिकता बनाइएको खुलेको छ । उनले मोटो रकम लिदै गैर नागरिकलाई नागरिकता बनाइदिने गरेको स्रोतको दावी छ ।
भगत पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, साँची बस्ने वडा सदस्य साह र वडा सचिव तिम्सिना सम्पर्क बिहीन छन् । प्रहरीले उनीहरु तिनै जनालाई पक्राउ गर्ने प्रयास गरे पनि अर्याल र साह भारतीय भूमिमा रहेका कारण पक्राउ पर्न सकेका छैनन् । तिम्सिना भने मोवाइल अफ गरेर फरार भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार एक जना मोद्दारलार्ई पक्राउ गरिएको भएपनि अन्य ब्यक्तिहरु फरार रहेको बताए । कसुरमा संलग्न नागरिकताको सनाखत, सिफारिस, सर्जिमिन लगायतको कार्यमा संलग्न रहेकाहरु सबै प्रतिवादीको रुमपा आएको उनको भनाई छ ।
यता वडा अध्यक्ष अर्यालसँग बुझन खोज्दा उनी सम्पर्क विहीन भएका छन् । त्यस्तै वडा सदस्य साहसमेत गायब छन् । स्थानियबासीको अनुसार वडा अध्यक्ष अर्याल उपचारको बहानामा सम्पर्क बिहिन भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्