विराटनगरमा बन्नेभयो, ४ अर्वको लागत १ सय १० मिटर अग्लो भ्यु टावर

विराटनगरमा बन्नेभयो, ४ अर्वको लागत १ सय १० मिटर अग्लो भ्यु टावर

विराटनगर, १९ कात्तिक ।
विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यूटावर’ बनाइने भएको छ। ४ अर्वको लागत अनुमान गरिएको टावरको उचाई १ सय १० मिटर हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावरको सामुहिक रुपमा सिलान्यास गरेका हुन् ।
भ्यु टावर निर्माणका लागि संघीय सरकार,प्रदेश सरकार,विराटनगर महानगरपालिका,मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग वाणिज्य महासंघ प्रदेश १, नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड वनाएर निर्माण अगाडि वढाईने बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए ।
१ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने विराटनगर महानगरपालिकाले जनाएको छ । तर सिलान्यास भईसकेको टावसको अहिलेसम्म डिपिआर भने तयार भईसकेको छैन । टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने छ । शिलान्यास भएको भ्यु टावर आगामी चार बर्ष भित्रमा निर्माण सम्पन्न हुने मेयर पराजुलीले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्