नेकपाको चियापान कार्यक्रम आज विराटनगरमा, सम्बोधन गर्न प्रचण्ड र पौडेल आउने

<span class='c1'>नेकपाको चियापान कार्यक्रम आज विराटनगरमा, सम्बोधन</span> <span class='c2'>गर्न  प्रचण्ड र पौडेल आउने</span>

विराटनगर, १९ कात्तिक ।
नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव बिष्णु पौडेल आउने भएका छन् । आज दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जानकारी दिए । एक नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व हुने गरी पार्टी कार्यकर्ताको उपस्थिती हुने आँकलन गरिएको छ । यसरी बिराटनगरमा आएर संयुक्त रुपमा पहिलो पटक प्रचण्डले सम्बोधन गर्न लागेका हुन । नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई बोलाईएको भएपनि अध्यक्ष ओली अस्वस्थ भएको कारण महासचिव पौडेल र अध्यक्ष प्रचण्ड आउनु हुने नेकपा केन्द्रीय सदस्य गोपी आछामीले बताए । पार्टी एकता पछि पहिलो पटक कार्यक्रम हुँदा कार्यकर्तामा राजनिती हिसावले उर्जा दिनेगरी बिषयहरु आउने भएकोले कार्यकर्तामा उत्साह रहेको आछामीको भनाई छ ।
हरेक बर्ष यसै गरी शुभकामना गर्दै आएको भएपनि यो बर्ष पार्टी एकिकरणको बर्ष भएकोले संयुक्त रुपमा नेताहरुलाई बोलाएर नेकपाले शुभकामना आदान प्रदान गर्न लागेको हो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आम सर्बसाधारण, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी ब्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, विभिन्न पेशा तथा समुदायका व्यक्तिहरुको उपस्थिती रहने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्