भद्रपुरकाे प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा मोटरसाइकल वितरण

भद्रपुरकाे प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा मोटरसाइकल वितरण

भद्रपुर,१९ कात्तिक । भद्रपुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरिएको छ । वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई र दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकाले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी गार्मेन्ट चोकमा डेढ महिनाअघि प्रहरी बिट राखिएको थियो ।

नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आइतबार वडामा एक कार्यक्रमको आयोजना गरी मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।  प्रहरी बिटमा दुई जना प्रहरी २४ सैँ घण्टा रहने गरेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिँदै मोटरसाइकलका लागि आवश्यक इन्धनको व्यवस्था जिप्रकाले गर्ने बताए । मोटरसाइकल खरीद गर्न सबै रकम वडावासीबाट सङ्कलन गरिएको वडाध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्