धरानमा हाइड्रोपोनिक्स सिष्टमबाट तरकारी खेती

धरानमा हाइड्रोपोनिक्स सिष्टमबाट तरकारी खेती

धरान, १९ कात्तिक । माटोविना पानीबाट मात्रै खेती गर्ने पद्धति हो हाइड्रोपोनिक्स सिष्टम । नेपालमा हाइड्रोपोनिक्स सिष्टमबाट खेती सम्भव छैन भन्नेहरूका लागि धरानका सोताङ अग्र्यानिक एग्रिकल्चर सेण्टरका सञ्चालक कृष्ण राईले गलत सावित गरिदिएका छन् । उनले हाइड्रोपोनिक्स सिष्टमबाट थोरै क्षेत्रफलमा पानीको माध्यमबाट मात्रै खेती गरेर आफ्नो आम्दानी बढाइरहेका छन् । पानीको पाइपलाइन बिच्छ्याएर प्लाष्टिकका गिलासमा राखिएको बिरुवालाई चाहिने सम्पूर्ण खाना पानीबाटै दिइने उनले बताए । यूट्युबमा अध्ययन गरी विदेशमा लगाइएको हाइड्रोपोनिक्स सिष्टमबाट उनले आफ्नै बारीमा खेती लगाएका हुन् ।

सिष्टमका लागि आवश्यक सामग्री स्वदेशमा पाउन नसकिए पनि स्थानीय स्रोतसाधनको प्रयोग गरेर उनी मनग्गे आम्दानी गर्न सफल भएका छन् । माटोमा लगाइने खेतीभन्दा ३ गुणा बढी उत्पादन गर्न सकिने उनले जानकारी दिए । उनले भने, ‘माटोको खेती गर्दा १ पटक हार्भेष्ट गरिसक्दा होइड्रोपोलिङमा तीनपटकसम्म हार्भेष्ट गरिसकेका हुन्छौं र उत्पादन पनि बढी हुन्छ ।’ नेपालमा भित्राइएको यो प्रविधि नेपाली परिवेशमा निकै कठिन हुने उनको अनुभव छ । प्राविधिकको कमी र सामग्रीको अभावले सहज रूपमा यो सिष्टम विकास गर्न नसकिने उनले बताए । अार्थिक अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्