कमाउने छोरो बाकसमा आएपछि…

कमाउने छोरो बाकसमा आएपछि…

उदयपुर, १९ कात्तिक। सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ ।
त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन् ।कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला । सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरको परिवार शोकमा मात्र छैन, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ ।२६ वर्षको लक्का जवान जसले सात समुद्रपारिको भूमिमा प्रचण्ड घामको बेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुँडी खाउला, अलिक हेर्न हुने भए पनि घर बनाउला, स्वास्थ्य उपचार गराैंला र भाइबहिनी र छोराको शिक्षामा लगानी गरौंला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सीमित बनेको छ ।१० महिनाअघि काठमाडौंको एक म्यानपावरबाट हेल्पर काम गर्न मलेसिया पुगेका रतन मगरको दसैंको टीकाको दिन मृत्युको खबर आएपछि परिवार यतिबेला विक्षिप्त छ । दसैंको टीकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवारले आशा गरिरहेका थिए, त्यो स्वाभाविक पनि थियो । स्वदेशमै हुँदा त चाडबाडको बेला घरमा आउन नसक्दा फोनबाट दुःखसुखका कुरा हुन्छ । झन् विदेशमा रहेकाको नहुने कुरै भएन ।

कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौंला भन्ने सोचमा रतनकी २३ वर्षीया श्रीमती मीना थिइन् । त्यसो त उनी मात्र होइन, उनकी ५५ वर्षीया सासू मंगलीमाया मगरको पनि त्यही सोच थियो ।
टीकाको दिन छोरासँग कुरा गरौंला भन्ने उनको चाहना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहना पनि उही थियो । तर, त्यो चाहना पूरा हुन सकेन । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्