निर्मला पन्तको हत्यारा पत्ता नलागे उनका बुबा अनशन बस्ने

निर्मला पन्तको हत्यारा पत्ता नलागे उनका बुबा अनशन बस्ने

काठमाडौं कार्तिक १९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले छोरीका हत्यारा पत्ता नलागे तिहारपछि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । आइतबार भीमदत्त नगरपालिका–२ महुलीयास्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै यज्ञराजले भने, ‘‘घटना भएको सय दिन नाघिसक्यो, हत्यारा अझै सार्वजनिक भएको छैन । तिहारसम्ममा पनि हत्यारा सार्वजनिक नगरे आमरण अनसनमा बस्छु ।’’ जिल्ला प्रशासन कार्यालयको गेटमा असनसमा बस्ने उनले बताए ।

उनले २५ कात्तिकदेखि प्रशासनको मूल गेटमा धर्नामा बस्ने र त्यसपछि पनि माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिए । प्रहरीले अनुसन्धानका नाममा परिवार, आफन्त र छरछिमेकीलाई मानसिक यातनामात्रै दिएको उनको आरोप छ । निर्मला हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरोको टोली कञ्चनपुरमै छ । कञ्चनपुर प्रहरीले डिएनए परीक्षणका लागि शंकास्पद ४ जनाको नमुना काठमाडौं पठाएको छ ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्