अध्यक्ष प्रचण्डले बिराटनगरमा भने,”मन्त्री परिषद हेरफेर र मन्त्री परिवर्तन हुँदैन,सरकारले गती लिन्छ”

अध्यक्ष प्रचण्डले बिराटनगरमा भने,”मन्त्री परिषद हेरफेर र मन्त्री परिवर्तन हुँदैन,सरकारले गती लिन्छ”

विराटनगर, १९ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अकको केही महिना भित्र सरकारले गती लिने बताएका छन् । जनताले बाहिरबाट हेर्दा देखिने कतिपय कामले लोकप्रियता बढ्ने भएपनि कतिपय बाहिरबाट नदेखिने रणनैतिक कामहरु सरकारले गरि रहेकै अबस्था रहेकोले बाहिरबाट हेर्दा सामान्य लागेका कुराहरुले सरकारको लोकप्रियता घटेको जस्तो मात्र भएपनि अबको केही महिना भित्रै सरकारले गति लिने बताए । तर त्यसको लागि मन्त्री परिषद हेरफेर तथा मन्त्री परिवर्तन नहुने तर कामको गती मात्र बढाईने जानकारी दिए ।

अहिले सरकारले जनताको लोकप्रियता खोज्ने भन्दा पनि राष्ट र जनताको हितलाई पुर्बाधार तयार पार्ने काममा पार्टी र सरकार लागेको बताए । उनले भने, चिन सँगको सम्बन्ध, भारतसँगको सम्बन्ध सुधारको क्रममा पनि हामीले काम गरेकै हौँ , ऐन निर्माणका कुराहरु प्नि थिए त्यो काम पनि अहिलेको सरकारले पुरा गरेको छ ।’

सरकारले अहिलेसम्म केही गरेन भन्ने जस्तो देखिएको भएपनि अब खाल्डाखुल्डी पुर्ने काम हुन्छ अनी जनताले लोकप्रिय सरकार यही हो अर्को बिकल्प छैन भन्ने ठाउँमा हामी पुग्दैछौ, अध्यक्ष प्रचण्डले भने । तर प्रचण्डले सरकारको गती बढाउने काममा मन्त्री परिषद पुनर्गठन तत्काल नहुने बताएका छन् । ‘सरकार चतलाउने काम हिलो मैलोको समयमा १ नम्बर गेरमा चलाईन्थ्यो, अध्यक्ष प्रण्डले भने, अब हिलो मैलो सकिएको छ अब गेर परिवर्तन गरेर सरकार अअघि बढ्ने हो ।’ उनले जे घोषणा पत्रमा भनेका छौ त्यो ५ बर्ष भित्र सबै पुरा गर्ने गर्ने स्पष्ट पारे । हुन्छ । पार्टी एकता भोली विवाद आउन नदिन ढिलाई अध्यक्ष प्रचण्डले पर्टी एकता सोचे भन्दा ढिलो नभएको बताएका छन् । केन्द्रमा कुनै विवाद भएको कारण पार्टी एकिकरणमा समस्या नभएको उनले बताए । भोलीका दिनमा पार्टी भित्र आउने समस्यालाई अहिले नै समाधान गरेर जानको लागि केही ढिला भएको उनले उल्लेख गरे ।

उनले पार्टी एकिकरणको लागि कार्यदल बनाएको, सुझाव लिएको, सुझावको अन्तिम रुप दिनको लागि पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललाई हेरेर अन्तीम रुप दिन भनिएकोले हिजो मात्र पनि प्रधानमन्त्रीसँग भेट भएकोले पार्टी भित्रका कुराहरु टुङग्याउने बिषयमा कुराकानी भएको बताए । मोदी नआउँदा ठुलो कुरा बन्दैन विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कुराको बारेमा आफुलाई जानकारी नभएको बताए ।

उनले भने, मोदी जी आउनु नै भएको छ, यो आउनु भएन भने त्यो ठुलो कुरा बन्दैन ।’ उनले मोदी आउने कुरालाई जनकपुरको बरयाती भएर आउने स्पष्ट पारे । तर अहिले पनि मोदी आउने संभावना नै रहेको उल्लेख गरे । विराटनगरमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्