४ मंसिर २०७६, बुधबार

बिराटनगरमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर कात्तिक १९,
बिराटनगरमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिराटनगरको मुनालपथमा बसले मोटरसाईकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाईकल चालक विराटनगर वडा नम्बर ५ बस्ने ३८ वर्षिय मनोजकुमार मोदीको मृत्यु भएको हो । उनको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।

ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले को १० प ६२५४ नम्बरको मोटर साईकललाई ठक्कर दिदा मोदीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । उक्त बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

 

 

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस