सप्तरीमा खेल मैदान निर्माण गर्न नगरपालिकाले दियो १५ बिगाहा जग्गा

सप्तरीमा खेल मैदान निर्माण गर्न नगरपालिकाले दियो १५ बिगाहा जग्गा

राजविराज, रासस । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।

जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए ।

साविकको रुपनगर वडा नं ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा ऐलानी जग्गामा खेल मैदानका लागि सो जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । उक्त खाली जग्गामा चाँडै नै खेल मैदान निर्माण कार्य अगाडि बढाइने उपाध्यक्ष बर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्