यमपञ्चक शुरुभएसँगै विराटनगरमा देखिन थाल्यो झिलीमिलीसँगै यस्तो भिडभाड (फोटो फिचर सहित)

यमपञ्चक शुरुभएसँगै विराटनगरमा देखिन थाल्यो झिलीमिलीसँगै यस्तो भिडभाड (फोटो फिचर सहित)

प्रेम देवान, ओबी ।
विराटनगर, १९ कातिक । आईतबार बेलुकी विराटनगरकी निशा खुशी भाटभटेनी सुपर मार्केटमा तिहारमा बालिने मैनवत्ती किन्न व्यस्त थिइन् । मैनवत्ती मात्र हैन उनले रेडिमेट दियो पनि खरिद गरिन् । माटोबाट बनेको दियो बाल्न समय लाग्ने र झन्झटिलो हुने भएकोले उनले रेडिमेड दियो अर्थात विजुलीबाट बल्ने दियो पनि खरिद खरिद गरिन् । बजारमा चारैतिर कुदिरहनु भन्दा एकै स्थानमा सबै सामान पाईने भएको कारण सुपर मार्केटमा सपिङको लागी आाएको बताईन् ।
भाटभटेनी सुपरमार्केट विराटनगरबासीको लागी पहिलो तिहार पनि हो, अधिकांश उपभोत्ताहरु विराटनगरमा आएको ठूलो सपिङ महलमा तिहारको लागी के – कस्तो नयाँ सामान आयो भनेर जाने पनि गर्दछन् । त्यही क्रममा मिक्लाजुङ्ग गांउपालिका २ मोरङकी दिपा राई पनि भाटभटेनी सुपरमार्केटमा भेटिईन् । उनले पनि तिहारको लागी सामान खरिद गर्दै गरेको बताईन् । उनले आफ्ना दाजुभाइका लागी भादगाँउले टोपी लगायत घरमा बालिने झिलीमिली वत्ती खरिद गरिरहेको थियो । समयको पनि बचत हुने अनि आफूले रोजे– खोजे अनुसारको सामान खरिद गर्नपाईने भएका कारण भाटभटेनीमा तिहारको लागी खरिद गर्न पुगेको बताईन् ।
नेपालीहरुको दशैं पछिको दोस्रो ठूलो महान् पर्व तिहार आजदेखि सुरु भईसकेको छ । यमपञ्चकको पहिलोदिन आज काग तिहार हो । विराटनगरको बजारमा पनि तिहारको लागी सामान खरिद गर्नेहरुको भीड बढ्न थालेको छ । विराटनगर ६ जुनेली मार्गकी लिना थापा पनि तिहारको सपिङ गरि सकेको बताउँछिन् । उनी भन्छिन्, ‘अब भाईटिकाको केही सामाग्री खरिद गर्न बांकी छ, अब त्यो पनि आजभोली नै जोहो गर्ने सुरमा छु ।’ थापाले तिहारको लागी ठूला सपिङ महल भन्दा बाहिर नै सजिलो हुने गरेको संधै खरिद गर्दै आएका स्थानबाट नै यसपटकको सामान खरिद गरेको बताईन् । ठूला सपिङ महलमा सामान खरिद गरेको समय भन्दा बढी सयम पैसा तिर्न काउन्टरमा लाग्ने भएका कारण बाहिर बजारमा नै खरिद गर्न मनपर्ने थापाको अनुभव छ ।
बजारमा यतिबेला विशेषगरी पुरुष भन्दा पनि बढी महिला दिदि बहिनीहरुको अत्याधिक भीड देखिने गरेको छ । विराटनगरका सबैभन्दा बढी विजुली पसल खुद्रा कस्मिेटीक, फेन्सी पसल, खाद्यन्न पसल र सडकका पेटीहरुमा माटोबाट बनेका दियो बेच्ने स्थानहरुमा खरिद गर्नेहरुको भीड लाग्ने गर्दछ । बजारमा देखिएका यस्ता भीडभाडले पनि विराटनगरमा तिहारको तिहार घर आँगनीमै आएको महसुस हुन थालेको छ । विराटनगरको बजारमा गोवद्र्धन पुजाको दिनसम्म बजारमा भीड लाग्ने गर्दछ ।
ठूला विल्डिङ यस्ता देखिए
तिहारमा हरेक घरहरुमा झिलिमिली लाइट, बत्ती जोड्ने काममा आज बिहानै देखि आम नागकि जुटेका छन् । गाउँदेखि शहरसम्म नेपालीहरुले तिहारमा दिपावली उत्सव मनाउन विभिन्न बत्तिहरुको खरिद गर्ने बाल्ने आम प्रचलन रहँदै आएको छ । आजदेखि सुरुभएको तिहारमा एक साता अगाडी देखिनै कतिपय घरहरुमा त झिलिमिली बत्ति झालर, लाइट फोटो, स्टिकर, रंगिन बल्ब पाइप लाइट लगायत विद्युतीय बत्तीहरुले सजाई सकेका थिए । लक्ष्मीले बास गर्ने भन्दै हरेक घरहरु सफासुग्घर गरी घरमा नयाँ रङले सिँगारिएका छन् । अनि त्यही नयाँ कलर गरिएको घरमा रंगी विरंगी विजुलीका बत्तीहरु बालिने गरिन्छ ।
विद्युतीय व्यवसायीहरुको तिहार प्रमुख सिजन भएका कारण पनि यतिबेला उनीहरु बत्ती बेच्न भ्याई नभ्याईछन् । लाइनबाट चल्ने झालर बत्ति, फोटो, पाइप लाइट, स्टिकर लगायत ट्युवलाइट सिफएल चिमहरुको पनि बढि विक्रि हुने गरेको विराटनगरुको एमके लाईट्सका मजोज साहले बताए । यो प्रमुख सिजन भएकोले विशेष गरी चीन र भारतबाट आवश्यक बत्तिहरु ल्याउने गरेको साहले बताए ।
बत्ति बाल्नु घर झिलिमिली बनाउनु नेपालीहरुको सँस्कार नै हो । नेपालीहरुले दिपावलीलाई भव्य रुपमा मनाउने गर्दछन् । सबै तिर उज्यालो, खुशीयाली घरमा लक्ष्मीको बास रहने विस्वासका कारण नेपालीहरु विभिन्न रंग विरंगी बत्ति बालेर धनकी लक्ष्मीको आराधाना गर्ने प्रचलन छ । आधुनिक समयसँगै विजुली बत्तिको सुविधा पुगेपछि मानिसहरु विद्युतीय बत्ति प्रति आकर्शित हुदै गएको पाइन्छ । आफ्नो इच्छा चाहना अनुसार रंग साइज र आर्थिक मूल्यमा छान्न पाउने भएकोले यस प्रकारका बस्तुतर्फ आकर्शित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्