जनताहरुसंग दोहोरो कर लिने नीति छैन : अर्थमन्त्री

जनताहरुसंग दोहोरो कर लिने नीति छैन : अर्थमन्त्री

संखुवासभा, १९ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले जनताहरुसंग दोहोरो कर लिने नीति राज्यको नभएको बताएका छन् । संखुवासभा जिल्लामा रहेको कर दाता सेवा कार्यालयको उद्घाटन गर्दे बताएका छन् । संखुवासभाको सदरमुकाम आइपुगेका मन्त्री खतिवडाले स्थानिय तहलाई जनताले तिर्न सक्ने भन्दा बढी क्षमताको कर नलगाउन स्थानिय तहलाई आग्रह गरेका छन् । कर मात्र लिने तर जनताका आधारभूत आवश्यकता राज्यले पुरा गर्ने नसक्नु दुखद कुरा भएको मन्त्री खतिवडाको भनाइ छ । स्थानिय तह आफैले निति बनाएर विकास निर्माण लाग्नु पर्ने बताए । स्थानिय तह संग प्रयाप्त बजेट भएकाले निती बनाएर आए विकासका काममा संघीय सरकारले बजेट लगानी गर्ने तयार रहेको मन्त्री खतिवडाले बताए । व्यवसायिक रुपमा आय आर्जन गर्न सक्ने र आम्दानीको वाटो हुनेहरुसंग सरकारले कर लिने भएकाले सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न समेत मन्त्री खतिवडाले आग्रह गरे ।

मन्त्री खतिवडाले राष्ट्रिय गौरवको परियोजना अरुण तेश्रो ९ सय मेगावटको जलविद्युत आयोजना सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको र यसले देशको समृद्धि र अर्थ व्यवस्थामा आमुल परिवर्तन हुनेमा सरकार ढुक्क रहेको बताएका छन् । उनले भने ‘संखुवासभामा विद्युत् उत्पादनले प्रदेश मात्र होइन सिंगो देशलाईनै आर्थिक क्षेत्रमा मजबुद बनाउन सक्छ’ देशको भाग्य र भविष्य बोकेको राष्ट्रिय गौरवको परियोजना अरुण तेश्रो जलविद्युत परियोजना भारतिय सतलज कम्पिनिले समयमा नै सम्पन्न हुने सरकार आशावादी रहेको बताए ।  पहाडी जिल्लाहरुको भाग्य र भविष्य बोकेको ९ सय मेगावाट क्षमता रहेको जल विद्युत परियोजना भरतिय सतलज कम्पिनिले समयमा सम्पन्न गर्नेमा सरकार आशावादी रहेको बताए । छिमेकी देशहरुलाई जोडने त्रिदेशीय लिकंराड जोगबनी जोगवनी–विराटनगर–किमाथांका कोशी राजमार्ग जोड्न संयीय सरकार लागि परेका र चाँडै सञ्चालनमा ल्याइने मन्त्री खतिवडाले आश्वासन संखुवासभाबासीलाई दिएका छन् । करदाता सेवा कार्यलय उद्घाटन भएपछि जिल्लाका उद्योग व्यवसायीहरुलाई सहज भएको उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको भनाइ छ । करदाता सेवा कार्यलय स्थापना भएसंगै संखुवासभाका उद्योगी तथा व्यवसायीहरुलाई आन्तरिक राजश्ज कार्यालय धरान जानुपर्ने वाध्यता हटेको स्थानिय ब्यवसायीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्