विराटनगरमा प्रचण्डकाे अाक्राेश ‘मन्त्री भएर मन्त्रालय छिरेका नेता कर्मचारी भएर निस्कन थाले’

विराटनगरमा  प्रचण्डकाे अाक्राेश ‘मन्त्री भएर मन्त्रालय छिरेका नेता कर्मचारी भएर निस्कन थाले’

विराटनगर, १९ कात्तिक । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले ऐनहरु परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । नेकपा मोरङले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुरानो ब्यवस्थानको कर्मचारीमा परिवर्तनको आत्मासात् गर्न नसकेको बताए । उनले आफ्ना नेताहरु माथि लक्षित गर्दै भने, ‘पहिला एउटा नेता भएर छिरेको ब्यक्ति त्यहाँ भित्र रहेको कर्मचारी तन्त्रको कारण एउटा कर्मचारी नै बनेर निस्कने गरेका छन् ।’

[caption id="attachment_68599" align="alignnone" width="696"] नेकपाकाे चियापानमा सहभागी कार्यकर्ता[/caption]

उनले नेकपा भित्र अहिले सप्रेका मात्र नभई बिग्रेकाहरु पनि रहेको बताए । उनले बिग्र्रिएका नेकपाका कार्यकर्ता तथा नेताहरुलाई पार्टी भित्रको शिद्धान्त, बिचार र बिधिको वारेमा सिकाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले देश बनाउने दायित्व नेकपाको काँधमा आएकोले समृद्धीको अभियानमा बाहिर बिरोध गर्नेहरुको कुनै अर्थ नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्